दफा ८२
शपथ गर्न इन्कार गर्न नहुने

(१) अधिकार प्राप्त अधिकारी समक्ष साँचो कुरा व्यक्त गर्न उपस्थित भएको व्यक्तिले त्यस्तो कुरा व्यक्त गर्नेप्रयोजनको लागि शपथ लिन आदेश दिएकोमा त्यस्तो शपथ लिन इन्कार गर्नु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवैसजाय हुनेछ ।